site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमआरपीमै पानी उपलब्ध गराउन होटल व्यवसायी सहमत, आफैँ लेबलिङ गर्न सक्ने

काठमाडौं । होटल संघ नेपाल (हान) अधिकतम बिक्री मूल्य (एमआरपी)मा पानी उपलब्ध गराउन सहमत भएको छ । आइतबार द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि हान अधिकतम बिक्री मूल्यमै पानी उपलब्ध गराउन सहमत भएको हो । आफैँ पानी उत्पादन गर्ने होटलले भने आफ्नो एमआरपी राख्न पाउने सहमति भएको छ ।

हानका अनुसार, पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत धेरै हुने भएकाले होटल तथा रिसोर्टहरूले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखेर बिक्री वितरण गर्न सक्ने सहमति भएको छ ।

सुरुको परिपत्रमा हानले होटल र रेस्टुरेन्टमा सरकारी निकायले अनुगमन नगर्ने सहमति भएको दाबी गरेको थियो । सोही परिपत्रको आधारमा सञ्चारमाध्यममा समाचार आएका थिए ।

तर, सरकारका तर्फबाट अनुगमन नगर्ने दाबीसहितको समाचारको खण्डन भएपछि हानले दोस्रो परिपत्र निकालेर स्पष्टीकरण दिएको छ ।

दोस्रो परिपत्रमा हानले सरकारी निकायहरूसँग छलफलका क्रममा बोतलको पानी माग गर्ने ग्राहकको रोजाइ तथा इच्छित सेवा पुर्‍याउँदा कर्मचारीको पारिश्रमिक, साजसज्जासहितको रेस्टुराँ कक्ष, उपयुक्त सुरक्षा, बिजुली, लिज भाडालगायत अन्य प्रशासनिक तथा वित्तीय खर्चलाई ध्यानमा राखिदिन आग्रह गरिएको बताएको छ ।

HAN-1727626146.jpg
 


 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्