site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाढीले क्षति पुगेपछि प्राधिकरणको प्रणालीमा १७ सय मेगावाट मात्रै बिजुली, भारततर्फ निर्यात बन्द

काठमाडौं । बाढीले आयोजनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा १७ सय मेगावाट मात्रै बिजुली आएको छ । करिब ३३ सय मेगावाट उत्पादन गर्ने क्षमता रहे पनि बाढीले आयोजनाको पावर हाउसमा क्षति पुगेपछि १७ सय मेगावाट मात्रै बिजुली आएको हो । 

बिजुली उत्पादन कम भएपछि भारतर्फ निर्यात बन्द गरेको प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । “हाल निजी र सरकारी गरी १७ सय मेगावाट मात्रै बिजुली प्रणालीमा आएको छ,” उनले भने, “प्रणालीमा कम बिजुली आएसँगै भारत निर्यात बन्द गरेका छौँ ।”

प्राधिकरणको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) शुक्रबारदेखि बन्द छ । यस्तै, निजी क्षेत्रका ६६२ मेगावाटका १६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्