site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा भइरहेको छ भारी वर्षा, भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह  

काठमाडौं । पछिल्लो ६ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढीमा भारी वर्षा भएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको देउराली नवल, रुपन्देही जिल्लाको तिलोत्तमा, भैरहवा, लुम्बिनीस्थित वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Argakhachi Cement Island Ad

उक्त क्षेत्र भएर बहने कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनइ नदी, मुकुन्डे खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागको भनाइ छ । 

तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्