site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले लगातार रेकर्ड राख्दै 

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्डलाई शुक्रबार (आज) ५०० रुपैयाँ बढेर ब्रेक गरेको हो ।

सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो ।  यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।

तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । गत बुधबारदेखि चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्