site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा जाने १० प्रतिशतले बढे, दुई महिनामा सवा एक लाखले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या ९.९६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउनभदौ) मा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक लाख ६ हजार ४५९ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा थप १० हजार ६०९ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५१ हजार ४३० पुरुष र ८ हजार १४५ महिला गरी कुल भदौ ५७ हजार ४९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

गत भदौ महिनामा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला गरी कुल ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ४७ हजार ८५० पुरुष र सात हजार ७२५ महिला गरी कुल ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएका थिए । सोही वर्षको भदौमा ४४ हजार १९७ पुरुष र ६ हजार ६८७ महिला गर कुल ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्ष २०८१/८२ भदौमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी युनाइटेड अरब इमिरेट (यूएई)मा १८ हजार ६०५, कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८, मलेसियामा एक हजार १९३ र दक्षिण कोरियामा एक हजार १०६ जना छन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्