site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्