site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पहिलो स्याउ मेला असोज १७ देखि, ५० मेट्रिक टन बिक्रीको अपेक्षा

काठमाडौं । नेपालमा पहिलोपटक स्याउ मेला हुने भएको छ । असोज १७ गतेदेखि प्रथम ‘नेपाल एप्पल फेस्ट २०२४’ (स्याउ मेला २०८१) हुने भएको हो ।

‘यो दसैँ, स्याउसँग मनाऊँ’, खुसी बाँडौँ, स्वास्थ खानेकुरा खाऔँ नेपालका उत्कृष्ट स्याउको स्वाद चाखौँ’ नारा दिएर स्याउ मेला आयोजना गरिएको हो ।

होटेल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गर्न लागेको महोत्सव असोज १९ गतेसम्म चल्नेछ । काठमाडौंको ठमेलस्थित होटेल मनाङमा मेला आयोजना हुन लागेको हो । 

महोत्सवमा स्याउ उत्पादनदेखि बजारसम्म पुर्‍याउन कृषकले भोग्नुपरेको समस्या उजागर गर्ने तथा स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनेछ ।

महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखी बिक्री गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्