site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकटमा विशेष छुट

काठमाडौं  । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को ब्रान्डेड कार्ड) बाट हवाई टिकट किन्दा १० प्रतिशत क्यासब्याक दिने भएको छ । बैंकले कार्ड होल्डरहरूले चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट प्लेन टिकट काट्दा १० प्रतिशत (अधिकतम ५००) सम्म क्यासब्याक दिने घोषणा गरेको हो ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर ल्याएको बैंकले जनाएको छ । यो अफर छठसम्मको लागि लागु हुनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्