site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले यूसएडको साझेदारीमा ‘देसैँभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । बैंकले यसै कार्यक्रमअन्तर्गत काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा  नगरका महिला उद्यमीहरूलाई प्रशिक्षण दिइएको हो ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकले लिएको बताइएको छ । कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिनेगरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्