site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यमा अर्को रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्