site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘समिट अफ द फ्युचर’को सत्रमा प्रधानमन्त्री ओलीले गरे अध्यक्षता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् । महासभाको उक्त समटिको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयस्थित ट्रस्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गरेका हुन् ।

Oli-dc-1727028549.jpg
यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले धारणा राखेका थिए ।

Argakhachi Cement Island Ad

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महासभाको 'समिट अफ द फ्युचर'लाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिएका थिए ।

Oli-dg-1727028548.jpg
प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:५५
प्रतिक्रिया दिनुहोस्