site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनामा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तुलसीपुर (दाङ) । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आज बिहान लमही नगरपालिका–६, बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवैजनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्