site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी छानबिन समितिबाट दोषीलाई अपराधको भागी बनाउन सिफारिस गर्‍यौँ : सभापति थापा 
फाइल तस्बिर ।

काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सभापति सूर्य थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको बताएका छन् । 

सहकारी ठगीमा संलग्नहरूको छानबिन गरी प्रतिवेदनमा हस्ताक्षरपछि सभापति थापाले पार्टीभन्दा माथि उठेर समितिले काम गरेको बताए ।

“अनियमितताका बारेमा छलफल गरेका छौँ । ६६ बैठक, गहन अध्यनन गरेका छौँ, तथ्य केलाउने काम गरेका छौँ,” थापाले भने, “सरकारले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ ।”
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्