site stats
बाह्रखरी :: Baahrakhari
खेल
कोसीलाई हराउँदै पुलिस शीर्ष स्थानमा

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा विभागीय टोली नेपाल पुलिस क्लबले कोसी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोसी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोसी नौ अंक जोड्दै दोस्रो स्थानमा छ ।

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे । पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन् ।

यस्तै, खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्‍याइन् । त्यसपछि खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्