site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि, भदौ २१ गते एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएर भएको थियो । त्यस दिनको रेकर्ड आज ब्रेक भएको हो ।

मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेर कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्