site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कारोना बिमासम्बन्धी रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश

काठमाडौं । सर्वाेच्च अदालतले कोरोना बिमासम्बन्धी रिटमा कारण देखाऊ आदेश दिएको छ । सोमबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजालसले मुद्दालाई अग्राधिकार पनि दिएको छ ।

सर्वोच्चले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

सरकारले कोरोना बिमाबापतको रकम भुक्तानी नगरेको दाबीसहित आइतबार नेपाल बिमक संघको तर्फबाट महासचिव अशोककुमार खड्कासमेत गरी १३ जनाले रिट दायर गरेका थिए ।

कोरोना बिमाबापत सरकारले करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको संघले बताउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्