site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार (हिजो) सम्पन्न सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्