site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रहरी नायव महानिरीक्षक कार्कीको शब्द रहेको ‘फूलको बास्ना सरी’ चर्चामा

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक दानबहादुर कार्कीको शब्द रहेको गीतले दुई दिनमै राम्रो चर्चा पाएको छ । ‘फूलको बास्ना सरी’बोलको गीतमा नेपाल प्रहरीको भावना समेटिएको छ ।

सार्वजनिक भएको दुई दिनमै यो समाचार तयार पार्दासम्म गीतले नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा नौ लाख सात हजारभन्दा बढी र युट्युबमा एक लाख ६२ हजारभन्दा बढी भ्युज पाएको छ ।

प्रहरी नायव महानिरीक्षक कार्कीको शब्द रहेको गीतमा, दिपक शर्माको संगीत, राजेशपायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेलको स्वर रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्