site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्की छन् ।

३७ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही भदौ १३ गते राति सोही ठाउँस्थित मकैबारीमा बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्