site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर तीनजना गम्भीर घाइते

खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ मा तीनजना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । 

डेनिस र अनिसा (काका भतिजी) हुन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । रासस

    

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्