site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताले प्रश्न उठाएपछि भ्रष्टाचारमा हदम्यादको प्रस्ताव हट्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग लामिछानेले मुलुकको हितमा नरहेका विषयहरूलाई अघि बढाउन खोज्दा जनस्तरबाटै व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हटेको बताए ।

Argakhachi Cement Island Ad

उनले हदम्यादविरुद्ध जनताले उठाएका विषयलाई आफूहरूले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे । ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रिपरिषद्‌बाट पारित गराएर हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनको भनाइ छ । 

यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उनले बताए ।

उनले विधेयकमाथिको अन्य नीतिगत कुरामा पनि निरन्तर रास्वपाको खबरदारी रहने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्