site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका निम्ति सच्चा त्याग र समर्पण गर्ने व्यक्ति नगण्य छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका निम्ति सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् । शनिबार (जेठ १०) कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभा उनले यस्तो बताएका हुन् ।

स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभलालच नभएको व्यक्ति रहेको उनले उल्लेख गरे । पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

स्व. रेग्मीले हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेको उनले बताए । “उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभलालच नभएको व्यक्ति हो उहाँ,” उनले भने, “धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्, सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् ।”

उनले अगाडि भने, “उहाँलाई पछि भेट्न पाइनँ, मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।”

सभापति देउवाले स्व. रेग्मीका बारेमा लेखहरू लेखेर आमजनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्