site stats
बाह्रखरी :: Baahrakhari
कला
एकै दिन रिलिज हुँदै प्रदीप, पल र प्रकाशका सिनेमा, कसले मार्ला बाजी ?

काठमाडौं । तिहारको छेको पारेर तीनवटा सिनेमा एकै दिन रिलिज हुने भएका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’, ‘एक्टर’ र ‘मायाबी’ लक्ष्मी पूजाका दिन एकै दिन रिलिज हुने भएका हुन् । 

यी तीन चलचित्र एकै दिन प्रदर्शनमा आउँदा प्रदीप खड्का, पल शाह र प्रकाश सपूतको प्रतिस्पर्धा हुनेछ । ‘एक्टर’मा प्रदीप, ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश र ‘मायावी’मा पल मुख्य भूमिकामा छन् । 

कात्तिक १५ गते लक्ष्मी पूजाका दिन यी दुई चलचित्र रिलिज हुने भएका हुन् । 

प्रदीप खड्का मुख्य भूमिकामा रहेको ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । निर्माता थमन कुमार भण्डारीले निर्माण गरेको चलचित्रमा प्रदीपसँगै दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ ।

दिव्याले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । उनी दिलीप रायमाझीकी छोरी हुन् । 

‘मायावी’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र हो । यसमा पलसँगै दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला र समिम खान मुख्य भूमिकामा छन् ।

चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारको पनि अभिनय छ ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहेको छ । 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल र प्रकाश सपूतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । 

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । 

यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्