site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाडा अटो शोमा वुलिङको बिंगो ईभी २९ लाख ९९ हजारमा किन्न सकिने

काठमाडौं । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले वुलिङको बिंगो ईभीका लागि नाडा विशेष अफर ल्याएको छ ।

कम्पनीले प्रिमियम इलेक्ट्रिक ह्याचब्याकमा नाडा तथा दसैको  अवसरमा आर्कषक मूल्य तय गरेको कम्पनीले जनाएको छ ।

यस अफर योजनामा वुलिङको बिंगो ईभीको मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

गाडीमा ५० किलोवाटको मोटर छ भने यसले अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गति दिन्छ । डीसी चार्जिङबाट गाडी ३५ मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्