site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
छानबिन समितिका प्रतिवेदन समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे 
मन्त्री बद्री पाण्डे । फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनाइएका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक भए/नभएको समीक्षा गरिनुपर्ने बताएका छन् । हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा बिहीबार उनले यस्तो बताएका हुन् ।

“छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कत्तिको सत्यतथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ,” उनले भने, “यदि, दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ?” त्यसबारे सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।

उनले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । यसबारे सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्