site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटाको पञ्च ईभी एकैदिन एक सयभन्दा बढी बुकिङ

काठमाडौं । टाटा ईभी नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पञ्च ईभीको नेपालमा उत्साहजनक सुरुआत भएको कम्पनीले जनाएको छ ।

बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी एक सयभन्दा बढी बुकिङ भएको कम्पनीले बताइएको छ । कम्पनीले केही दिनअघि नै पञ्च ईभी प्रि–बुकिङ सुरु गरिसकेको थियो ।  

टाटा पञ्च ईभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार छ । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ ।यसका साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।  

सिप्रदीका प्यासेन्जर भेहीकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले भने, “टाटा पञ्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहना अनुसारको गाडीहरू ल्याउन सफल भएको छ र यो पञ्च ईभीको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ । गत वर्ष नाडाबाटै बिक्री सुरु गरिएको टियागो ईभी नेपालको सर्वाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पञ्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौँ ।”

यसको साथै टाटा ईभी नाडा अटो शो २०२४ टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरूले जोडीको लागि थाइल्यान्ड यात्रा पाउनका साथै ग्राहकहरूले एक वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्