site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सानो संसार’ सर्‍यो एक हप्ता अगाडि

काठमाडौं । चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको  छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको चलचित्र अब एक हप्ता अगाडि असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, “हाम्रो सिनेमा सानो संसार अब एक हप्ताअगाडि असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुनेछ ।” 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । सीतासँगै चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहेको छ । 

सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन रहेको छ । उनको यो डेब्यु लेखन तथा निर्देशन हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्