site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ७९.८८ अंकले घट्यो, माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ७९.८८ अंकले घटेर २९ सय विन्दु तल झरेको छ ।

यस दिन कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनान्स समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक ५८.४० अंकले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ ।

१९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिभर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८५ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढेका ५९ कम्पनीमध्ये ४५ वटा माइक्रोफाइनान्स छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्