site stats
बाह्रखरी :: Baahrakhari
कला
‘देवी’को शीर्ष गीत सार्वजनिक 

काठमाडौं । भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शब्दरचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ ।

शुक्रबार सार्वजनिक गरिएको गीतमा अभिनेत्री शिल्पा मास्के फिचर्ड छिन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । 

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमको डीओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्