site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सतीदेवी’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘सतीदेवी’को मंगलबार प्रिमियर गरिएको छ । मंगलबार भएको प्रिमियरमा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरमा अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, स्मिता लामिछाने, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेत, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेतलगायतको पुगेका थिए । 

प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि पुगेकी थिइन् । सिनेमा हेरेपछि अधिकांशले छोराको चाहनामा छोरीलाई हेला गर्ने पितृसत्तात्मक समाजको समस्यालाई सिनेमाले उठान गरेको बताए । सिनेमाले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको भन्दै तारिफ गरेका थिए । 

लक्ष्मण सुवेदी निर्देशित चलचित्रमा मलिका महतको शीर्ष भूमिका छ । उनले लमजुंगको एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । 

चलचित्रमा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्