site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले इन्द्रावतीको बहाब घट्यो, भोलिसम्म तटीय क्षेत्रमा सजग रहन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तिपेनीमा सोमबार दिउँसो खसेको पहिरोका कारण इन्द्रावती नदीको बहाब कम भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नदीमा पहिरोको आंशिक असर परेको छ । अहिले नदी कम चौडाइबाट बगेको छ ।

विभागले तत्काल ठूलो जोखिम नभए पनि भोलि बिहानसम्मै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

"तत्काल ठूलो जोखिम नरहे पनि थप सुक्खा पहिरो गई नदी थुनिएर फुटेमा आकस्मिक बाढी हुन सक्ने भएकाले इन्द्रावती नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाइराखौँ," विभागले भनेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्