site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कजारिया रमेश टायलले गर्‍यो कारखानाको किल्न लाइट अपको उद्घाटन

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन)को उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको उपस्थितिमा उत्पादन केन्द्रको उद्घाटन गरेका हुन् ।  

समारोहले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्त्वपूर्ण कोसेढुंगा पार गरेको बताइएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको मागअनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुआत हुनेछ, जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको बताइएको छ ।

"हामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौँ," कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतीक जलानले भने, "यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौँ ।"

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्