site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १,५०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ५०० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसैबीच, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ६९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७३० निर्धारण भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्