site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकका यी क्षेत्रमा मध्यम वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, भोताङ, मानेखर्क र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

बिहीबार राति ८:५५ बजे जल तथा मौसम विज्ञान विभागले ती क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले ती क्षेत्र भएर बहने मेलम्ची र इन्द्रावतीसहित सहायक नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले सजग रहन भनेको ।

यस्तै, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्