site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलिकोप्टर दुर्घटना : चारजना चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु 
फाइल तस्बिर

काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खसेको थियो ।

नुवाकोट शिवपुरी ७ मा रहेको जंगलको रुखमा हेलिकोप्टर ठोक्किएको बताइएको छ । हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकसहित पाइलटको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । एयर डाइनेस्टीका एकजना उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा हेलिकोप्टर दुर्घटनामा परेको र सबै यात्रुको निधन भएको बताए ।

Argakhachi Cement Island Ad

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । मृत्यु हुनेमा एक जना महिला र चार जना पुरुष रहेको नुवाकोटका एसपी शान्तिराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको छ ।  कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दियो ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्