site stats
बाह्रखरी :: Baahrakhari
देश
पछिल्लो २४ घण्टामा कहाँ भयो सबैभन्दा धेरै वर्षा ? 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । मनसुन थप सक्रिय हुँदा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा भएको छ । 

बिहान ८ः४५ बजे २२१ वटा वर्षा मापन केन्द्रहरूमा गरिएको मापनअनुसार  पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा १३३ मिलिमिटर भएको छ । जिल्लाको महेन्द्रनगर केन्द्रमा १३३ मिलिमिटर वर्षा भएको छ । 

आठवटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । २१३ वटा केन्द्रमा वर्षा हुँदा ४३ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्