site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार बढ्यो, कम्पनीको सेयर मूल्य बढेन !

काठमाडौं । तीन वर्षअगाडि २०७८ भदौ २ गते हिमालयन डिस्टिलरीको सेयर मूल्य साढे सात हजार रुपैयाँ थियो । यस कम्पनीको मात्र हैन, साल्ट ट्रेडिङ कर्पाेरेसनको ९ हजार ८७०, विशाल बजार कम्पनी लिमिडेको ६ हजार ७७१ र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच हजार रुपैयाँ थियो । 

सेयर बजारले हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको दिन २०७८ भदौ २ गते अधिकांश कम्पनीको सेयर मूल्य एक हजार माथि थियो । २०७८ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २१७ कम्पनी सूचीकृत थिए । यीमध्ये १८१ कम्पनीको मात्र सो दिन कारोबार भएको थियो । १८१ कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य एक हजारभन्दा बढी थियो भने ४०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका कम्पनीको संख्या न्यून थियो । 

गत बिहीबार २४४ कम्पनीको सेयर कारोबार भएकोमा ४०० भन्दा कम सेयर मूल्य हुने कम्पनीको संख्या ५० भन्दा बढी छ । बिहीबार ६२ कम्पनीको सेयर मूल्य एक हजार बढी छ । हुन त यसरी एक हजारभन्दा बढी सेयर मूल्य हुनेमा यो तीन वर्षको बीचमा धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका धेरै कम्पनीहरू पनि छन् । साल्ट ट्रेडिङ र विशाल बजारको सेयर मूल्य उच्च नै भए पनि हिमालयन डिस्टिलरीको सेयर मूल्य भने अधिक न्यून छ । यस कम्पनीको सेयर मूल्य गत बिहीबार एकहजार ५६२ रुपैयाँ कायम भएको छ । २०७८ साउन भदौको तुलनमा यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता पाँच हजार ९७३ रुपैयाँ गुमाएका छन् । 

यो कम्पनी त एउटा उदाहरणमात्र हो । योसँगै धेरै कम्पनीहरूको मूल्य त्यो समय उच्च थियो । जसमा सबैभन्दा बढ्नेमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स समूह थिए । 

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र सात अन्य समूहका छन् । 

२०७८ असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका थिए भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, पाँच लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका कम्पनी थिए । 

२०७८ यता बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर भएर संख्या घटेको छ । थप ५१ जलविद्युत् कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । यसका साथै उत्पादन तथा प्रशोधन उद्योग कम्पनीहरू १९ बाट २२, होटल पाँचबाट सात, लगानी चारबाट सात र अन्य तीनबाट सात पुगेको अवस्था छ । 

गत जेठसम्म सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बजारमा नयाँ कम्पनी बढे, कम्पनीको सेयर मूल्य बढेन 

हाल दैनिक २१ अर्बको सेयर कारोबार हुन थालेको छ । यसले पनि बजार उकालो लागेको कतिपयको बुझाइ छ । तर, बजारमा नयाँ कम्पनी थपिएकाले यो कारोबारलाई स्वाभाविकरूपमा लिइएको छ । 

२०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएयता त्यो उच्च कारोबारको रेकर्डलाई तोड्न सकेको अवस्था थिएन । तर, साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएर तीन वर्षपछि रेकर्ड तोडिएको छ । त्यसपछिको कारोबार दिन बिहीबार २१ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

बजारमा नयाँ कम्पनी, म्युचुअल फन्ड तथा ऋणपत्रहरू थपिएकाले पनि कारोबार रकम बढ्ने अनुमान गरिएको छ । 

२०७८ सालमा कम्पनीहरू कम भएकाले २१ अर्बको कारोबार हुनुलाई अस्वाभाविक लिइएको थियो । त्यो बेलाको तुलनामा अहिले ती कम्पनीको सेयर मूल्य कम छ । नबिल बैंककै कुरा गर्दा पनि त्यो बेला प्रतिसेयर मूल्य १४९५ रुपैयाँ थियो । अहिले यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अहिले नयाँ कम्पनीले बजारमा आएकाले पनि बजार उच्च भएको मान्न सकिने त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका उपप्राध्यापक डा. भरतसिंह थापा बताउँछन् ।

“पहिलेको बुलमा बैंक तथा वित्तीय संस्थाको मूल्य उच्च थियो । मर्जर र एक्विजिसनले गर्दा अहिले बैंक तथा वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्था छ,” उनले भने, “बुलमा सधैँ एउटै कम्पनीको मूल्य नै उच्च हुन्छ भन्ने हुँदैन । नयाँ कम्पनीको पर्फेन्सका कारणले पनि ती कम्पनीले नेतृत्व गर्न सक्छन् ।” 

बजारमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कम्पनीहरू बढेकाले अहिलेको बजार बढ्दा पनि कम्पनीका सेयर मूल्य खासै नबढेको देखिएको उपप्रध्यापक थापा बताउँछन् । 

तर, कुनै कुनै कम्पनीका मूल्य अस्वाभाविक बढेकाले ती कम्पनीमा अरूको भनाइमा लागेर सर्वसाधारणले लगानी गर्न नहुने उनको भनाइ छ । 

      सेयर मूल्य (रु. मा)  
क्रसं संकेत कम्पनीको नाम ०८१ साउन १७ ०८१ साउन १७  घट्बढ
RBCL राष्ट्रिय बिमा कम्पनी लिमिटेड १७१११.१ २०१९० -३०७८.९
UNL युनिलिभर नेपाल लिमिटेड ५२,१२५ २०००० ३२१२५
BNT बोटलर्स नेपाल (तराई) लिमिटेड १६५१० १०८०० ५७१०
STC साल्ट ट्रेडिङ कर्पोरेशन ५९१० ९८७० -३९६०
HDL हिमालयन डिस्टिलरी लिमिटेड १५८२ ७५३५ -५९५३
BBC विशाल बजार कम्पनी लिमिटेड ४५९९.९ ६७७१ -२१७१.१
MLBSL महिला लागुवित्त बित्तीय संस्था लिमिटेड २०६० ५००० -२९४०
CIT नागरिक लगानी कोष २३७९ ४०३० -१६५१
JSLBB जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड १५२९ ३५९० -२०६१
१० JBLB जीवन विकास लघुवित्त संस्था लि १६७९.९ ३५५१ -१८७१.१
११ NMFBS राष्ट्रिय लघुवित्त वित्तीय संस्था लिमिटेड १६४६ ३४६५ -१८१९
१२ FOWAD फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १५६८ ३०८९ -१५२१
१३ SMB सपोर्ट माइक्रोफाइनान्स बिटिया संस्था लिमिटेड १८३३ २७०० -८६७
१४ SMFBS स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड १५२९.९ २६३४ -११०४.१
१५ GILB ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. १३९४ २६१४ -१२२०
१६ LICN जीवन बिमा निगम (नेपाल) लिमिटेड १७४२ २३९० -६४८
१७ LLBS लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. १२७० २३६० -१०९०
१८ MLBBL मिथिला लघुवित्त बित्तीय संस्था लिमिटेड १६३२.५ २२३९.७ -६०७.२
१९ USLB उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड १७७८.९ २२३९.५ -४६०.६
२० MSLB महुली लघुवित्त वित्तीय संस्था लिमिटेड १४०७ २२०६ -७९९
२१ SKBBL साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ९९१.५ २०२५ -१०३३.५
२२ ALBSL आशा लघुवित्त बित्तीय संस्था लि १०७७ १९८० -९०३
२३ SICL शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ८९० १९७९ -१०८९
२४ SWBBL स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड १०५४.९ १९१४ -८५९.१
२५ ILBS इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड १२००.८ १९११ -७१०.२
२६ GLBSL गुराँस लघुवित्त बित्तीय संस्था लिमिटेड १८९९ १९१० -११
२७ CBBL छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड १०४७ १८९४ -८४७
२८ NLIC नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ८७० १८८२ -१०१२
२९ VLBS विजय लघुवित्त बित्तीय संस्था लि. १०३६ १८६३ -८२७
३० DDBL डेप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड १०६० १८०७ -७४७
३१ SHIVM शिवम सिमेन्ट्स लि ६४४ १७९३ -११४९
३२ RURU रु रु जलविद्युत् परियोजना लिमिटेड ७५७ १७७० -१०१३
३३ GMFBS गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड १७५२.३ १७४४ ८.३
३४ NUBL निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ८४४ १७०२ -८५८
३५ SMATA समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ११११ १६७०.२ -५५९.२
३६ ACLBSL आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १२२४ १६६६ -४४२
३७ MERO मेरो लघुवित्त वित्तीय संस्था लि. ९०० १६४५ -७४५
३८ HLBSL हिमालयन लघुवित्त बित्तीय संस्था लिमिटेड १२५३ १५९८ -३४५
३९ NRIC नेपाल पुनर्बिमा कम्पनी लिमिटेड ८५४.९ १५९० -७३५.१
४० NICLBSL एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ८०२ १५७५ -७७३
४१ SLBSL सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड १३४४ १५६० -२१६
४२ SLBBL स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. ९१४.१ १५४५ -६३०.९
४३ NMBMF एनएमबी लघुवित्त वित्तीय संस्था लि. ८२७.८ १५३० -७०२.२
४४ MEN माउन्टेन इनर्जी नेपाल लिमिटेड ६८४.९ १५२१ -८३६.१
४५ CGH चन्द्रागिरि हिल्स लिमिटेड १२४५ १५०० -२५५
४६ NABIL नबिल बैंक लिमिटेड ६४५ १४९५ -८५०
४७ NIL नेको इन्स्योरेन्स लिमिटेड ९४८ १४६५ -५१७
४८ ALICL एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ७५३.९ १४५५ -७०१.१
४९ KMCDB कालिका लघुवित्त बित्तीय संस्था लिमिटेड ११०० १४४२ -३४२
५० MFIL मञ्जुश्री फाइनान्स लिमिटेड ७६८ १३७० -६०२
५१ GBLBS ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ९०१.६ १३२२ -४२०.४
५२ GUFL गोर्खाज फाइनान्स लिमिटेड ९३१ १२९९ -३६८
५३ FMDBL फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ९२९ १२९० -३६१
५४ SPIL सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ९८० १२६० -२८०
५५ NGPL न्गादी ग्रुप पावर लिमिटेड ४२४ १२५५ -८३१
५६ CHDC सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड १७७१ १२३८ ५३३
५७ NLICL नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ७२०.२ १२२३ -५०२.८
५८ NTC नेपाल दूरसंचार कम्पनी लिमिटेड १००० १२०५ -२०५
५९ RSDC आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड ८३०.२ ११२५ -२९४.८
६० EDBL एक्सेल विकास बैंक लिमिटेड ५२४ ११०६.२ -५८२.२
६१ NLG एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ९७० १०९६ -१२६
६२ ICFC आईसीएफसी फाइनान्स लिमिटेड ७६७ १०८८ -३२१
६३ NICL नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड १०५० १०३४ १६
६४ CORBL कर्पोरेट विकास बैंक लिमिटेड ६९२.३ १०३० -३३७.७
६५ PMLI प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ६४४ १०१५ -३७१
६६ PRIN प्रभु इन्स्योरेन्स लि. १०१० १००० १०
६७ NICA एनआईसी एशिया बैंक लिमिटेड ५१७ ९९५ -४७८
६८ NRN एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड १०४९ ९६० ८९
६९ NABBC नारायणी विकास बैंक लिमिटेड ६०८.९ ९४५ -३३६.१
७० RADHI राधी विद्युत् कम्पनी लिमिटेड ३८७ ९१३ -५२६
७१ GFCL गुडविल फाइनान्स लिमिटेड ८१२ ९०४.७ -९२.७
७२ PFL पोखरा फाइनान्स लिमिटेड ६७५.६ ८५४ -१७८.४
७३ KSBBL कामना सेवा विकास बैंक लिमिटेड ४९९ ८४५ -३४६
७४ KPCL कालिका पावर कम्पनी लिमिटेड ५३० ८४० -३१०
७५ IGI आईजीआई प्रुडेन्शियल बिमा लिमिटेड ६६७.५ ८३८ -१७०.५
७६ MNBBL मुक्तिनाथ विकास बैंक लिमिटेड ४३८.८ ८३४ -३९५.२
७७ SIKLES सिक्लेस हाइड्रोपावर लिमिटेड ७८० ८२३ -४३
७८ MDB मितेरी विकास बैंक लिमिटेड ६१० ८२३ -२१३
७९ UPPER माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड २१५ ८०४ -५८९
८० AKPL अरुण काबेली पावर लिमिटेड २२४.९ ८०२.२ -५७७.३
८१ HEI हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ७४५ ८०२ -५७
८२ NHDL नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ७०४ ७८९ -८५
८३ UMRH युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड। ४६७.५ ७८० -३१२.५
८४ HLI हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ४८६.९ ७७५ -२८८.१
८५ NFS नेपाल फाइनान्स लि. २१५४ ७६५ १३८९
८६ EBL एभरेष्ट बैंक लिमिटेड ६७०.१ ७५९ -८८.९
८७ MLBL महालक्ष्मी विकास बैंक लिमिटेड ४५८ ७५१ -२९३
८८ BARUN बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ३८६ ७५० -३६४
८९ SJLIC सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५२८ ७४८.१ -२२०.१
९० SGIC सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड ७१८ ७३७ -१९
९१ CFCL केन्द्रीय वित्त कम्पनी लिमिटेड ६७५ ७२९ -५४
९२ LBBL लुम्बिनी विकास बैंक लिमिटेड ४८४ ७२९ -२४५
९३ HPPL हिमालयन पावर पार्टनर लिमिटेड ३७० ७२६ -३५६
९४ GBBL गरिमा विकास बैंक लिमिटेड ४६० ७२० -२६०
९५ SPDL सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ३२४.४ ७१७.९ -३९३.५
९६ JFL जानकी फाइनान्स कम्पनी लिमिटेड ८१५ ७१३ १०२
९७ RLFL रिलायन्स फाइनान्स लिमिटेड ५७० ७१२.५ -१४२.५
९८ CHCL चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड ६२५ ७०८ -८३
९९ AHPC अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २३० ६९०.८ -४६०.८
१०० SFCL समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६७० ६८५ -१५
१०१ MHNL माउन्टेन हाइड्रो नेपाल लिमिटेड २८४.९ ६८५ -४००.१
१०२ GMFIL गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६५५ ६७० -१५
१०३ CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेड ३८८ ६६८ -२८०
१०४ SIFC श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड ६८६ ६५३ ३३
१०५ SHPC सानिमा माई हाइड्रोपावर लिमिटेड ४९७ ६४६ -१४९
१०६ OHL ओरिएन्टल होटल्स लिमिटेड ११२५ ६४० ४८५
१०७ MPFL बहुउद्देश्यीय वित्त कम्पनी लिमिटेड ६७५ ६३९.९ ३५.१
१०८ BPCL बुटवल पावर कम्पनी लिमिटेड ३८६ ६३५ -२४९
१०९ SHEL सिंगटी हाइड्रो इनर्जी लिमिटेड २४१ ६३०.२ -३८९.२
११० API एपि पावर कम्पनी लिमिटेड २५३.९ ६३० -३७६.१
१११ GLH ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड २७० ६२९ -३५९
११२ SHINE शाइन रेसुङ्गा विकास बैंक लिमिटेड ५२३ ६२५ -१०२
११३ JBBL ज्योति विकास बैंक लिमिटेड ३८९ ६२३ -२३४
११४ HURJA हिमालय उर्जा विकास कम्पनी लिमिटेड २३४ ६२३ -३८९
११५ UPCL युनिभर्सल पावर कम्पनी लि २७० ६१० -३४०
११६ PPCL पाँचथर पावर कम्प्यान्ट लिमिटेड २९३ ६०७ -३१४
११७ BFC बेस्ट फाइनान्स कम्पनी लिमिटेड ६३२.५ ५९९ ३३.५
११८ ADBL कृषि विकास बैंक लिमिटेड ३६९.८ ५९५ -२२५.२
११९ SINDU सिन्धु विकास बैंक लिमिटेड ५१४ ५९३ -७९
१२० UMHL युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड ३१३ ५९३ -२८०
१२१ SCB स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड ६९२ ५८१ १११
१२२ SADBL सांग्रिला विकास बैंक लिमिटेड ४६४.५ ५७५ -११०.५
१२३ HIDCL जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड २५७.४ ५७४ -३१६.६
१२४ SBL सिद्धार्थ बैंक लिमिटेड ३४१ ५७३ -२३२
१२५ NBL नेपाल बैंक लि २८१.९ ५६४ -२८२.१
१२६ UNHPL युनियन हाइड्रोपावर लिमिटेड २९६ ५६० -२६४
१२७ KRBL कर्णाली विकास बैंक लिमिटेड ५४९ ५४९
१२८ SANIMA सानिमा बैंक लिमिटेड ३४५ ५३८ -१९३
१२९ PCBL प्राइम कमर्सियल बैंक लिमिटेड २९५ ५२१.९ -२२६.९
१३० PROFL प्रोग्रेसिभ फाइनान्स लिमिटेड ६५७.३ ५२० १३७.३
१३१ GRDBL हरित विकास बैंक लिमिटेड ५९१ ५२० ७१
१३२ SAPDBL सप्तकोशी विकास बैंक लि ४७१ ५१५ -४४
१३३ GHL घलेम्दी हाइड्रो लिमिटेड २१८ ५०९ -२९१
१३४ RHPL रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड ४०५ ५०४ -९९
१३५ SJCL सान्जेन जलविद्युत् कम्पनी लिमिटेड ३७५ ५०१ -१२६
१३६ SSHL शिवश्री हाइड्रोपावर लिमिटेड २१६.५ ५०० -२८३.५
१३७ LEC लिबर्टी इनर्जी कम्पनी लिमिटेड २३१ ४९८ -२६७
१३८ NHPC नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड २०९ ४९८ -२८९
१३९ AKJCL अंकु खोला जलविद्युत् कम्पनी लिमिटेड २०५.५ ४९२.४ -२८६.९
१४० KKHC खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड २८६ ४९० -२०४
१४१ GBIME ग्लोबल आईएमई बैंक लिमिटेड २५५.९ ४८४.४ -२२८.५
१४२ NIFRA नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड २८०.५ ४८० -१९९.५
१४३ NMB एनएमबी बैंक लिमिटेड २७१.५ ४७४.९ -२०३.४
१४४ PRVU प्रभु बैंक लिमिटेड २२३.७ ४७३.५ -२४९.८
१४५ JOSHI जोशी जलविद्युत् विकास कम्पनी लिमिटेड ३३६ ४७२ -१३६
१४६ PMHPL पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड ३०५ ४६५ -१६०
१४७ HDHPC हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड १९०.३ ४३९ -२४८.७
१४८ DHPL दिव्येश्वरी हाइड्रोपावर लिमिटेड २५९.५ ४३७ -१७७.५
१४९ MBL माछापुच्छ्रे बैंक लिमिटेड २५९ ४३३ -१७४
१५० TRH तारागाउँ रिजेन्सी होटल लिमिटेड ११८० ४२३ ७५७
१५१ CZBIL सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड २६५.९ ४१५ -१४९.१
१५२ SBI नेपाल एसबीआई बैंक लिमिटेड ४३३.१ ४०२ ३१.१
१५३ LSL लक्ष्मी सनराइज बैंक लिमिटेड २३६.५ ४०१ -१६४.५
१५४ KBL कुमारी बैंक लिमिटेड २१६.१ ३८७ -१७०.९
१५५ NIMB नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड २४९ ३८२.९ -१३३.९
१५६ HBL हिमालयन बैंक लिमिटेड २६६ २८७ -२१
१५७ BNL बोटलर्स नेपाल (बालाजु) लिमिटेड १९१४३    
१५८ SAMAJ समाज लघुवित्त वित्तीय संस्था लिमिटेड २८१०    
१५९ ANLB आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड २८००    
१६० ULBSL उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड २७००.१    
१६१ NESDO नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड २३६०    
१६२ UNLB युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड २२८९    
१६३ KBSH कुथेली बुखारी साना जलविद्युत् लिमिटेड १८६३.४    
१६४ SHLB श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड १८३१.१    
१६५ HATHY ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड १६२०    
१६६ MKCL मुक्तिनाथ कृषि कम्पनी लिमिटेड १६२०    
१६७ CYCL सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १५४४    
१६८ WNLB वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १५३०    
१६९ MLBS मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड १४०३    
१७० DLBS धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड १३६१    
१७१ ENL इमर्जिङ नेपाल लिमिटेड १३२४    
१७२ KDL कालिञ्चोक दर्शन लिमिटेड १३२०    
१७३ NWCL नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड ११८०    
१७४ MANDU माण्डु हाइड्रोपावर लिमिटेड ११७०    
१७५ SWMF सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ११४०    
१७६ AVYAN एवियन लघुवित्त वित्तीय संस्था लिमिटेड १०८८.१    
१७७ NADEP नादेप लघुवित्तीय संस्था लि. ९९०    
१७८ BGWT भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ९६८    
१७९ CITY सिटी होटल लिमिटेड ९६५.८    
१८० SMH सुपर माई हाइड्रोपावर लिमिटेड ९२०    
१८१ SARBTM सर्वोत्तम सिमेन्ट लिमिटेड ९१५    
१८२ SPL शुभम पावर लिमिटेड ८६९    
१८३ NMLBBL नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ८४८.२    
१८४ SALICO सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ८३९    
१८५ MHL मंदाकिनी हाइड्रोपावर लिमिटेड ८०३.७    
१८६ UAIL युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ७८९    
१८७ MSHL मिड सोलु हाइड्रोपावर लिमिटेड ७७५    
१८८ HRL हिमालयन पुनर्बिमा लिमिटेड ७७०    
१८९ AHL एशियन हाइड्रोपावर लिमिटेड ७३३.१    
१९० CKHL चिर्ख्वा हाइड्रोपावर लिमिटेड ७१४    
१९१ SMHL सुपर मादी हाइड्रोपावर लिमिटेड ७०७.८    
१९२ BHPL बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ७०७    
१९३ TSHL थ्री स्टार हाइड्रोपावर लिमिटेड ६८१    
१९४ SPHL सायापात्री हाइड्रोपावर लिमिटेड ६६२.१    
१९५ SPC सामलिंग पावर कम्पनी लिमिटेड ६४९    
१९६ USHL अपर स्याङ हाइड्रोपावर लिमिटेड ६४३    
१९७ CLI सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६३५    
१९८ BNHC बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ६२५    
१९९ RAWA रवा इनर्जी डेभलपमेन्ट लिमिटेड ६२५    
२०० SNLI सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६२४    
२०१ SAHAS सहस उर्जा लिमिटेड ६२२    
२०२ VLUCL भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड ६१९    
२०३ GVL ग्रीन भेन्चर्स लिमिटेड ६१३.५    
२०४ BHDC बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ६०८.१    
२०५ MKJC मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ५९७.९    
२०६ USHEC अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड ५८५    
२०७ EHPL इस्टर्न हाइड्रोपावर लिमिटेड ५८४.९    
२०८ UHEWA माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड ५८१    
२०९ MKHL माई खोला हाइड्रोपावर लिमिटेड ५८०    
२१० GCIL घोराही सिमेन्ट उद्योग लि ५७३    
२११ MAKAR मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड ५६९    
२१२ TPC तेह्रथुम पावर कम्पनी लिमिटेड ५६५    
२१३ ILI आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५५७.५    
२१४ SHL सोल्टी होटल लिमिटेड ५५३.८    
२१५ MMKJL माथिल्लो मेलुन खोला जलविद्युत् लिमिटेड ५५१    
२१६ SRLI सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ५४९    
२१७ RNLI रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ५४८    
२१८ SONA सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड ५४३    
२१९ TVCL त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड ५४०    
२२० IHL इन्ग्वा हाइड्रोपावर लिमिटेड ५२९    
२२१ TAMOR सानिमा मध्य तमोर हाइड्रोपावर लिमिटेड ५२०    
२२२ NRM नेपाल रिपब्लिक मिडिया लिमिटेड ५१८    
२२३ MCHL मेँछियम हाइड्रोपावर लिमिटेड ५१०    
२२४ SMJC सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड ५०१    
२२५ PPL पीपुल्स पावर लिमिटेड ५००    
२२६ DOLTI डोल्टी पावर कम्पनी लिमिटेड ४८८.६    
२२७ BEDC भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड ४८४    
२२८ DORDI दोर्दी खोला जल विद्युत् कम्पनी लिमिटेड ४७६    
२२९ MHCL मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड ४७५    
२३० PHCL पीपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड ४३१    
२३१ SGHC स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ४२५    
२३२ ULHC माथिल्लो लोहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेड ४२४.९    
२३३ BHL बलेफी हाइड्रोपावर लिमिटेड ४२१    
२३४ HHL हिमालयन हाइड्रोपावर लिमिटेड ४१६.९    
२३५ RFPL रिभर फल्स पावर लिमिटेड ४१०.९    
२३६ RHGCL राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड ४०८    
२३७ MKHC माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड ३९६    
२३८ MBJC मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड ३९०    
२३९ MEHL मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड ३८५.१    
२४० NYADI न्यादी हाइड्रोपावर लिमिटेड ३७२    
२४१ MEL मोदी इनर्जी लिमिटेड २७८.२    
२४२ RIDI रिडी पावर कम्पनी लिमिटेड २४६    
२४३ AKJCL अंकु खोला जलविद्युत् कम्पनी लिमिटेड २०५.५    

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्