site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काटिएका उद्योगमा लाइन जोड्न नमानेका दुई सञ्चालकलाई हटाएर नयाँ नियुक्त 
नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा नियुक्त भएका महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की ।

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

यसअघि लाइन जोड्ने विषयमा असहमति जनाएका भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको सरकारले दुई नयाँ सञ्चालक नियुक्त गरेको हो ।

स्पष्टीकरणमा चित्त नबुझेको भन्दै उनीहरूलाई पदमुक्त गरी नयाँ सञ्चालक नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेको र सरकारलाई असहयोग गरेको भन्दै गत साता पुन र आचार्यलाई स्पष्टीकरण सोधिएको थियो ।

कार्की यसअघि ऊर्जा सचिव थिए । गुरुङ पञ्चेश्वर विकास प्राधिकरणमा थिए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्