site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाहको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र शाहको दाबी परेको हो ।

नेपाली कांगेस र नेकपा (एमाले)बीचको केन्द्रीय गठबन्धनअनुसार शाह मुख्यमन्त्री बन्न लागेका हुन् । भोलि नै सबै मन्त्रीसहित शपथको तयारी गरिएको छ ।

सहमतिअनुसार सात सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन, एमालेबाट तीनजना र नागरिक उन्मुक्तिबाट एकजना मन्त्री बन्ने समझदारी भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्