site stats
बाह्रखरी :: Baahrakhari
देश
परराष्ट्रसचिव लम्साल सोमबार ओमान जाने 
सेवा लम्साल । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने भएकी छन् । नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेकी हुन् ।

नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ ।

ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कनेछिन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्