site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरभिबाट आख्यानकर्मी पुरस्कृत

काठमाडौैं । सुरभि साहित्य प्रतिष्ठानले चार आख्यानकारलाई पुरस्कृत गरेको छ ।

शनिबार बेँसीगाउँमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले ‘सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार’ हिरण्यकुमारी पाठकलाई, ‘सुरभि अच्युतराम लघुकथा पुरस्कार’ श्रीओम श्रेष्ठ ‘रोदन’लाई, ‘सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार’ रामचन्द्र दाहाललाई र ‘सुलेख आख्यान प्रतिभा पुरस्कार’ विद्याप्रसाद घिमिरेलाई प्रदान गरे ।

त्यस अवसरमा चार पुरस्कृत स्रष्टासहित कृष्ण सुवेदी ‘निराकार’ र इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले कथा, लघुकथा वाचन गरे ।

मेयर रिसालले साहित्यिक संस्थालाई नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताए । आफूहरूले साहित्यकारको सम्मान गर्दै आएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्