site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमला ह्यारिसले राष्ट्रपति उमेदवारका लागि प्राप्त गरिन् आवश्यक समर्थन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले डेमोक्रेटिकबाट राष्ट्रपतिको उमेदवारी सुरक्षित गर्न पर्याप्त डेलिगेट भोट प्राप्त गरेकी छन् । 

डेमोक्रेटिक नेशनल कमिटीका अध्यक्ष जेमे ह्यारिसनले शुक्रबार घोषणा गरेका हुन् । भर्चुअल मतदान प्रक्रिया सोमबार प्रतिनिधिहरूका लागि बन्द हुनेछ । 

सोमबार साँझ परिणामको आधिकारिक घोषणा गर्ने अपेक्षा गरिएको छ । लोकतान्त्रिक राष्ट्रिय महाधिवेशन अगस्टमा हुने भनिएको छ । 

पार्टीले राष्ट्रपतिको उमेदवारलाई औपचारिक रुपमा मनोनयन गर्नेछ । ५९ वर्षीय ह्यारिस अमेरिकामा पहिलो अश्वेत महिला र पहिलो भारतीय अमेरिकी हुनेछिन् । 

उपराष्ट्रपतिको छनोटमा पेन्सिल्भेनियाका गभर्नर जोश शापिरो, एरिजोना सिनेटर मार्क केली र केन्टकीका गभर्नर एन्डी बेसियर समावेश छन् ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्