site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल वितरण गर्ने

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाले प्रतिफल वितरण गर्ने भएका छन् । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फन्डअन्तर्गत वितरण गर्न लागिएको हो । 

फन्डहरूले आर्थिक वर्ष २०८०/०८१ का  लागि ‘लक्ष्मी उन्नति कोष’ का इकाई धनीहरूलाई करसहित ७.५ प्रतिशत र ‘लक्ष्मी भ्यालु फन्ड २’ का इकाई धनीहरूलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

योजनाका इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डीपी शुल्क कट्टीपछि) बराबरको रकमबाट सो लाभांश वितरणपश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाईहरू खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाई धनीहरूको हितग्राही खाता (डिम्याट खाता) मा यथाशीघ्र इकाईहरू पठाइने पनि बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्