site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंक र र्‍याडिसन होटेलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले लाजिम्पाटको र्‍याडिसन होटेलमा छुट पाउने भएका छन् । बैंकले होटेलका विभिन्न सेवाहरूमा ग्राहकलाई छुट दिने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा प्रभु बैंककातर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र  ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्‍याडिसन होटेलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

र्‍याडिसन होटेल काठमाडौंमा एक अन्तर्राष्ट्रिय होटेल चेनअन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रूपमा दिइरहेको पाँचतारे होटेल हो ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध सेवा तथा सुविधामध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटेलले सञ्चालन गरेको रेस्टुरेन्टमा १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित बैंकले नेपालभर ३१३ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्