site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत वेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै दोस्रोपटक वेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।

यसअघि पनि  बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२–बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अर्वाड मानिन्छ । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि चिनिन्छ ।

युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति रहेको बैंकको भनाइ छ । यसै वर्ष ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको बैंकले जनाएको छ ।

युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरुले ग्लोबल आइएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने बैंकको लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्