site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन दिनमा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढ्यो (सूचीसहित)

काठमाडौं । पछिल्लो तीन दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२०९ प्रतिशतले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । तर, सेयर मूल्य सबैको एकैनासले बढेको छैन ।

बढेको बजारमा कतिपय कम्पनीको सेयर मूल्य घटेको पनि छ । बजार बढ्दा पनि केही कम्पनीको सेयर मूल्य घटेको छ । मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १३ प्रतिशतले घट्दा यस कम्पनीको सेयर मूल्य एक हजार ४९३ रुपैयाँबाट तीन दिनमा घटेर एक हजार २९९ रुपैयाँमा झरेको छ । 

बजार ८ प्रतिशतले वृद्धि हुँदा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढेको छ । यसको अर्थ यी कम्पनीका लगानीकर्ताले बढेको बजारमा तीन दिनमा १० देखि २४ प्रतिशतसम्म कमाए । 

सर्वाधिक सेयर मूल्य बढ्नेमा मन्दाकिनी हाइड्रोपावर छ । यस कम्पनीको सेयर मूल्य २३.८९ प्रतिशतले वृद्धि भएको छ । गत असार ३१ गते ५६५ रुपैयाँ कायम भएको यस कम्पनीको सेयर मूल्य आज (साउनगते) ७०० रुपैयाँ कायम भएको छ । तीन दिनमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँले बढेको छ । 

त्यस्तै, पछिल्लो तीन दिनमा १० प्रतिशतभन्दा बढीले सेयर मूल्य बढ्नेमा कुमारी बैंक, नेपाल एसबीआई बैंकलगायत प्रायः सबै वाणिज्य बैंक परेका छन् । 

रकमका हिसाबले तीन दिनमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर, बोटलर्स नेपाल (बालाजु), राष्ट्रिय बिमा कम्पनी, बोटलर्स नेपाल (तराई), साल्ट ट्रेडिङ कर्पाेरेसन, उपकार लघुवित्त, इमर्जिङ नेपाल र जनउत्थान समुदायिक लघुवित्त छन् । यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २०० भन्दा बढी नाफा आर्जन गरेका छन् । युनिलिभरका लगानीकर्ताले भने प्रतिकित्ता पाँच हजार १७२ रुपैयाँसम्म नाफा आर्जन गरेका छन् । 

अहिले युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ५२ हजार ५०० पुगेको छ । पछिल्ला दिनमा बजार बढेसँगै कुल बजार पुँजीकरण (लगानीकर्ताको कुल सम्पत्ति) ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार साढे १५ खर्ब रुपैयाँको सेयर कारोबार भएको छ । 

यी हुन् प्रतिशतका हिसाबले सबैभन्दा बढी सेयर मूल्य बढेका ५७ कम्पनी :

सी.न. संकेत कम्पनीको नाम बजार मूल्य  
असार ३१ साउन ३ परिवर्तन (%) परिवर्तन (रु)
MHL मन्दाकिनी हाइड्रोपावर लिमिटेड ५६५ ७०० २३.८९   १३५
PMHPL पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड २३६.२ २८८.९ २२.३१   ५२.७
SIKLES सिक्लेस हाइड्रोपावर लिमिटेड ८०५.८ ९७२ २०.६३   १६६.२
TRH तारागाउँ रिजेन्सी होटल लिमिटेड ८०७ ९७० २०.२०   १६३
SHEL सिंगटी हाइड्रो इनर्जी लिमिटेड १७१.५ २०५ १९.५३   ३३.५
ENL इमर्जिङ नेपाल लिमिटेड ११०८ १३१५ १८.६८   २०७
SHINE शाइन रेसुङ्गा विकास बैंक लिमिटेड ४०५.१ ४७५ १७.२५   ६९.९
CHCL चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड ४६५ ५४३ १६.७७   ७८
RFPL रिभर फल्स पावर लिमिटेड ३६९.१ ४२९.९ १६.४७   ६०.८
१० BARUN बरुण हाइड्रोपावर कम्पनी लिमिटेड २९६ ३४४.७ १६.४५   ४८.७
११ MMKJL माथिल्लो मैलुन खोला जलविद्युत लिमिटेड ५५८.८ ६५० १६.३२   ९१.२
१२ PRVU प्रभु बैंक लिमिटेड १६३.७ १९० १६.०७   २६.३
१३ KBL कुमारी बैंक लिमिटेड १५३.७ १७८.१ १५.८८   २४.४
१४ SBI नेपाल एसबीआई बैंक लिमिटेड ३२८ ३८० १५.८५   ५२
१५ LSL लक्ष्मी सनराइज बैंक लिमिटेड १७५ २०१.५ १५.१४   २६.५
१६ PCBL प्राइम कमर्सियल बैंक लिमिटेड २२१.८ २५५ १४.९७   ३३.२
१७ CHDC सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ११५९ १३३१ १४.८४   १७२
१८ UHEWA माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड ४६६.३ ५३५ १४.७३   ६८.७
१९ ULBSL उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड १९८५.३ २२७१.६ १४.४२   २८६.३
२० MERO मेरो लघुवित्त वित्तीय संस्था लि. ७०० ८०० १४.२९   १००
२१ JSLBB जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड १४२५.१ १६२८ १४.२४   २०२.९
२२ CZBIL सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९३.५ २२१ १४.२१   २७.५
२३ ACLBSL आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १२३० १४०० १३.८२   १७०
२४ FOWAD फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १४१३ १६०८ १३.८०   १९५
२५ NIMB नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड १७५.१ १९९.१ १३.७१   २४
२६ MCHL मेन्छियाम हाइड्रोपावर लिमिटेड ४४९ ५१० १३.५९   ६१
२७ NMFBS नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड १४०९ १५९९.४ १३.५१   १९०.४
२८ RIDI रिडी पावर कम्पनी लिमिटेड १९०.५ २१६.२ १३.४९   २५.७
२९ EHPL इस्टर्न हाइड्रोपावर लिमिटेड ५५०.१ ६२४ १३.४३   ७३.९
३० CKHL चिर्ख्वा हाइड्रोपावर लिमिटेड ६०६.७ ६८७ १३.२४   ८०.३
३१ OHL ओरिएन्टल होटल्स लिमिटेड ७८५ ८८८.३ १३.१६   १०३.३
३२ NRN एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ७४८ ८४६ १३.१०   ९८
३३ MNBBL मुक्तिनाथ विकास बैंक लिमिटेड ३६७ ४१५ १३.०८   ४८
३४ EDBL एक्सेल विकास बैंक लिमिटेड ४५३ ५१२ १३.०२   ५९
३५ AHPC अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड १७७.९ २०१ १२.९८   २३.१
३६ RADHI राधी विद्युत् कम्पनी लिमिटेड २६८.२ ३०३ १२.९८   ३४.८
३७ ADBL कृषि विकास बैंक लिमिटेड २९४ ३३१.८ १२.८६   ३७.८
३८ NICA एनआईसी एसिया बैंक लिमिटेड ४४३.२ ५०० १२.८२   ५६.८
३९ GBIME ग्लोबल आईएमई बैंक लिमिटेड १९४.२ २१८.३ १२.४१   २४.१
४० TSHL थ्री स्टार हाइड्रोपावर लिमिटेड ५९० ६६२.२ १२.२४   ७२.२
४१ NICLBSL एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड ७०५ ७९० १२.०६   ८५
४२ STC साल्ट ट्रेडिङ कर्पोरेसन ४९०५ ५४८० ११.७२   ५७५
४३ NFS नेपाल फाइनान्स लि. ८९४ ९९७.८ ११.६१   १०३.८
४४ HDHPC हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड १४९ १६६.२ ११.५४   १७.२
४५ MBL माछापुच्छ्रे बैंक लिमिटेड २०० २२३ ११.५०   २३
४६ DHPL दिव्येश्वरी हाइड्रोपावर लिमिटेड २१३ २३६.५ ११.०३   २३.५
४७ LBBL लुम्बिनी विकास बैंक लिमिटेड ४१६.६ ४६२.५ ११.०२   ४५.९
४८ PHCL पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड ३१९.९ ३५५ १०.९७   ३५.१
४९ CFCL सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड ५३२ ५९०.२ १०.९४   ५८.२
५० UNL युनिलिभर नेपाल लिमिटेड ४७३२८ ५२५०० १०.९३   ५१७२
५१ IHL इन्ग्वा हाइड्रोपावर लिमिटेड ४५० ४९९ १०.८९   ४९
५२ HBL हिमालयन बैंक लिमिटेड २०४.२ २२६.३ १०.८२   २२.१
५३ NUBL निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७११.९ ७८८ १०.६९   ७६.१
५४ PPL पिपुल्स पावर लिमिटेड ४५५ ५०३ १०.५५   ४८
५५ SINDU सिन्धु विकास बैंक लिमिटेड ४५४ ५०१ १०.३५   ४७
५६ MDB मितेरी विकास बैंक लिमिटेड ५४० ५९५.९ १०.३५   ५५.९
५७ BHDC विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ५८० ६३८ १०. ५८

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्