site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै, एकैदिन दुई हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्