site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो सोमबार एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । सोमबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर कारोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्