site stats
बाह्रखरी :: Baahrakhari
देश
तमोर नदीमा जलसतह सतर्कता तह नजिक
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तमोर नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । पाँचथर जिल्लास्थित तमोर नदी माझिटार जल मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले तमोर नदीको सप्तकोसी दोभानसम्मको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्