site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्